नियम १५
इजाजतपत्रमा उल्लिखित माल वस्तुको वास्तविक मूल्य

इजाजतपत्रमा उल्लिखित माल वस्तुको वास्तविक मूल्य भन्सार सम्बन्धी प्रचलित कानूनको अधीनमा रही भन्सार कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ र इजाजतपत्रमा उल्लेख भएको भन्सारको प्रयोजनको लागि माल वस्तुको परिमाण वा मूल्य भन्ने महलमा तोकिएको परिमाण वा मूल्य वा दुवैमा नवढाई सो भन्सार कार्यालयले माल वस्तु निकासी वा पैठारी गर्न दिनेछ ।